नेचुरल बचतको १० औं साधारणसभाबाट उद्घोषः सदस्यलाई एटिएम सेवा

काठमाडौं । जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारीले सदस्यलाई एटिएम सेवा दिने भएको छ । संस्थाले छिट्टैनै सदस्यको सुविधाको लागि एटिएम सुविधा दिन लागेको हो ।
संस्थाको १० औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले संस्थाको आर्थिक वर्ष ०७४/०७५ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सदस्यलाई एटिएम सुविधा दिन लागेको बताएका हुन् । नेचुरल स्मार्ट मोबाइल एप्स तथा एसएमएस सेवा र ब्रान्चलेस बैंकिङ सेवा संचालन गरिसकेको समेत जानकारी दिए ।
प्रमुख कार्यकारी संचालक पाठकले संस्थाले गत आर्थिक वर्षमा ५ करोड ३३ लाख ९९ हजार १ सय रुपैयाँ शेयर पूँजी तथा ६२ करोड २५ लाख ९६ हजार ६ सय ५५ रुपैयाँ बचत संकलन गरेको जानकारी दिएका छन् भने यसै अर्थिक वर्षमा संस्थाले ६९ करोड ५६ लाख ९२ हजार २ सय ९८ रुपैयाँ ऋण लगानी गरी ५ करोड ७४ लाख ७८ हजार १ सय ३७ रुपैयाँ खुद आम्दानी तथा ८९ करोड ८ लाख ९६ हजार ४ सय ३८ रुपैयाँ कुल कारोवार गरेको सभामा जानकारी दिए ।
सभामा प्रतिवेदन प्रस्तुत गर्दै पाठकले विगतमा संस्थाले रक्तदान, स्वास्थ्य शिविर, अपाङ्ग बालवालिकाका लागि शैक्षिक सामाग्री र खाद्ययान्न वितरण गरिरहेको वताए । त्यसैगरी संस्थाले १० औं वार्षिक साधारण सभामा सदस्यहरुको निशुल्क दंत परिक्षण गराएको थियो ।
संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर ३ का साम्सद कृष्ण राईको प्रमुख आतित्थ्यता रहेको थियो । साम्सद राईले कार्यक्रममा सम्मानित उत्कृष्ट कर्मचारी, उत्कृष्ट नियमित कारोवारकर्ता, उत्कृष्ट बचतकर्ता हरुलाई सम्मान गरेका थिए ।
सभामा सभासद लक्ष्मण लम्साल, शंकरापुर नगरपालिकाका प्रमुख शुवर्ण श्रेष्ठ, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष केशव दंगाल, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द काफ्ले ,चर्चित हास्य टेलिचलचित्र भद्रोगोलका कालाकार सितेबा लगाएतले संस्था प्रगतीको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम जयराम सिग्देलले संचालन गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार