सहकारी बैंकको गण्डकी प्रदेश शाखामा कर्मचारीलाई स्वागत

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड गण्डकी प्रदेश शाखा कार्यालय पोखराले शाखामा नयाँ २ कर्मचारीलाई मंगलवार स्वागत गरेको छ ।
राष्ट्रिय सहकारी बैंकमा नयाँ नियुक्ती पाई प्रदेश शाखा पोखरामा जिम्मेवारी पाएका कनिष्ट सहायक सागर श्रेष्ठ र यशोदा नेपाललाई राष्ट्रिय सहकारी बैंक प्रदेश शाखा कार्यालय गण्डकी प्रदेश पोखराका शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले खादा लगाएर स्वागत गरे ।
बैंकमा ७४ जना नयाँ कर्मचारीलाई थप गरिएको छ । हाल बैंकमा ३ सय ८४ जनाले रोजगारी पाएका छन् । स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले नयाँ कर्मचारीहरुलाई उच्च मनोवल र उत्साहका साथ काममा लाग्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले कास्की जिल्लासंगै गण्डकी प्रदेशमा सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन सहकारी बैंकको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
कार्यक्रमका अध्यक्ष समेत रहेका भएका प्रदेश शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले कर्मचारी भनेका मेसिन र अन्य पक्ष भनेको सहयोगी भएकाले कर्मचारीहरुले आफुलाई चुस्त दुरुस्त राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश शाखाका प्रमुख केदारनाथ उप्रेतीले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रदेश शाखाले गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ४ करोड निक्षेप संकलन, ८५ करोड लगानी गरी ३ करोड २० लाख नाफा कमाएको शाखा प्रमुख उप्रेतीले जानकारी दिए ।
देशभरका सहकारी संघ सस्थाहरुको एक मात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैकमा हाल देशभरका १० हजार भन्दा बढी सहकारी संघ संस्था शेयर सदस्य रहेका छन् । नेपाल सरकारको १ करोड सहित १ अर्ब ५ करोड बैंकको शेयर पूँजि रहेको छ । बैंकले ७ वटा प्रदेश शाखा र ३७ वटा शाखामार्फत देशभरका सहकारीहरुलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकमा २२ अर्व निक्षेप, १४ अर्ब लगानी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
