२२ कात्तिक २०८३, आईतवार

ओमदेवीसहित तीन सहकारीकर्मी नेकपा प्रवेश, सहकारीका बारेमा के बोले केपी ओलीले ?

२०७५ साउन १३, आईतवार
ओमदेवीसहित तीन सहकारीकर्मी नेकपा प्रवेश, सहकारीका बारेमा के बोले केपी ओलीले ?

oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघका उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीन जना सहकारीकर्मीलाई नेपाल कम्यूनिष्ट पार्टी प्रवेश गराउँदै सो कुरा बताएका हुन् ।
सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताए । सहकारीमार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्ने प्रधानमन्त्ती ओलीको भनाई छ ।

संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद रहेकी मल्लले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताईन ।

मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल, स्थायी समिति सदस्य बिष्णु रिमाल, केशव वडाल लगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः २०७५ साउन १३

अभिलेख

लोकप्रिय