ओरेण्टल को–अपरेटिभ भौतिक सम्पत्ती लिलामी हुँदै
काठमाडौं । ओरेण्टल को–अपरेटिभको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्न सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार २०७४ पुस २८ मा गठन भएको समस्याग्रस्त सहकारी संघ संस्था व्यवस्थापन समिति, २०७४ ले ओरेण्टल को–अपरेटिभ भौतिक सम्पत्ती लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ ।
ओरेण्टल को–अपरेटिभका मुख्य कार्यालय सहित विभिन्न जिल्लाहरूमा रहेका शाखा कार्यालयहरू बन्द गराई ती कार्यालयमा रहेको कागजातहरू समितिको कार्यालयमा ल्याई अध्ययन समेत भईरहेको समितिका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । बन्द गराइएका कार्यालयहरूको भौतिक सामानहरूको लगत तयार गरी लिलाम विक्री गर्ने कार्य अगाडि बढाइएको उनले बताए ।
ओरेण्टलका तत्कालीन अध्यक्ष सुधीर बस्नेत, अन्य संचालक तथा कर्मचारी र निजका परिवारहरूको नाममा रहेको चल अचल सम्पत्ति छानविन सम्बन्धी कार्य नेपाल प्रहरीको सहयोगमा भैरहेको समेत अध्यक्ष कार्कीले बताए । समस्याग्रस्त घोषित सहकारी संस्थाबाट पीडितहरूसँग समय समयमा अन्तरक्रिया गरी गुनासो सुन्ने र समस्या समाधानको लागि सहकार्य गर्ने वातावरण समेत तयार हुँदै गएको उनले बताए ।
समितिले प्रथम छ महिनामा गरेको कार्य प्रगतिको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिसकिएको छ । समितिले २०७४ माघ ८ देखि काम सुरु गरेको हो ।
हाल सम्म समितिले कार्यालय स्थापना, कार्यविधि निर्माण, समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ सहकारी संस्थासंग सम्बन्धित पीडितहरूको निवेदन आह्वान गरी करिब ७६०० जनाको निवेदन संकलन गरी उक्त निवेदनहरू विद्युतीय प्रणालीमा प्रविष्टि गराउने कार्य अन्तिम चरणमा पु¥याएको अध्यक्ष कार्कीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
