विन्धाबासिनी र मोडल साकोसलाई सहकारी बैंकको सम्मान

बनेपा । राष्ट्रिय सहकारी बैँक, बनेपा शाखा कार्यालयको आयोजनामा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका सहकारी संघ÷संस्थाहरु बीच अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा अतिथिहरुले मन्तव्य राख्दै बैंकको अझै प्रगतिको कामना व्यक्त गरेका थिए । बैँकका तालिम विभागका प्रमुख रामबाबु आचार्यले बैंकको समग्र अवस्था तथा बनेपा शाखाको आर्थिक गतिबिधिको बारेमा प्रस्तुतिकरण दिएका थिए ।
यसैगरि उपस्थित संघरसंस्थाका प्रतिनिधिहरुले उठाएका प्रश्न एंव जिज्ञासाहरुको सहजिकरण बैँकको प्रबन्ध संचालक केबि उप्रेतीले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा गत आर्थिक बनेपा शाखा कार्यालयमा उत्कृष्ट र नियमित वित्तिय कारोबार गर्ने क्रमश विन्धाबासिनी बचत तथा ऋण सहकारी संस्था र मोडल बचत तथा ऋण सहकारी संस्थालाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा १५० भन्दा बढी संस्थाको संस्थाको उपस्थिति रहेको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार