१५ भदौ २०८३, सोमबार

‘सहकारीकर्मीको भावना अनुसार करमा सम्बोधन हुन्छ’

२०७५ असार ४, सोमबार
‘सहकारीकर्मीको भावना अनुसार करमा सम्बोधन हुन्छ’

 
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीकर्मीको भावनालाई सम्बोधन हुने गरि करको विषयमा सम्बोधन हुने विषयमा आफू आशावादी भएको बताएका छन् । उनले सहकारी ऐन, औद्योगिक व्यवसाय ऐन र आयकर ऐनकोबीचमा सामञ्जस्ता कायम गर्न सिफारिस गर्न बनेको कार्यदलले त्यस विषयमा काम गरिरहेको बताए ।
राष्ट्रिय सहकारी बैंक र काठमाडौं जिल्लाका सदस्य सहकारी संघ÷संस्थाहरुबीच सोमबार भएको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सहकारी ऐन २०७४मा केहि सुधार गरेपछि उत्कृष्ट हुने छ ।’ उनले सहकारीले सबै ऐन नियमलाई पालना गर्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेलले अब सहकारी प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । सहकारीमा हिजो निर्माणको युग थियो अब व्यवस्थापनको युग शुरु भएको र यसका लागि हामीले आजको प्रविधिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
अन्तक्रिया कार्यक्रममा सहभागीहरुले सहकारी ऐन, करको विषयमा जानकारी प्राप्त गर्न खोजेका थिए भने सहकारीमा आधुनिक प्रविधिको प्रयोगमा समेत जोड दिएका थिए । उनीहरुले बैंकको ब्याजदरदेखि ऋण लगानी र वित्तिय तथा गैर वित्तिय सेवाको विषयमा जिज्ञासा राखेका थिए ।
सो अवसरमा विभिन्न शाखा कार्यालयमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका काठमाडौंमा पाँच वटा शाखा रहेका छन् । कलंकी, गंगबु, चावहिल, बानेश्वर र न्युरोड शाखा रहेका छन् । काठमाडौंमा १ हजार ४ सय ६९ सदस्य रहेको र काठमाडौंका सहकारीबाट मात्र बैंकमा ४ अर्ब ९० करोड निक्षेप रहेको र २ अर्ब ५८ करोड कर्जा लगानीमा रहेको बताइएको छ ।

अभिलेख

लोकप्रिय