१५ भदौ २०८३, सोमबार

लेखा समितिको भूमिका अभिबृद्धि विषयक प्रादेशिक कार्यशाला गोष्ठी सुरु

२०७५ जेठ ८, मङ्गलबार
लेखा समितिको भूमिका अभिबृद्धि विषयक प्रादेशिक कार्यशाला गोष्ठी सुरु

IMG_1845
काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा लेखा समितिको भूमिका अभिबृद्धि विषयक दुई दिने प्रादेशिक कार्यशाला गोष्ठी सोमबारबाट सुरु भएको छ ।
प्रदेश ३ स्तरीय सो गोष्ठीमा विषयगत केन्द्रीय सहकारी संघ, जिल्लास्तरीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायतका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागीता रहेको छ । गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पुर्व मन्त्री केशवप्रसाद बडालले गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष बडालले सहकारी क्षेत्रलाई व्यवसायीक बनाउनका लागि लेखा तथा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहेको बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीभित्रको आन्तरिक शुसासन प्रभावकारी पार्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले साधारणसभाबाट निर्वाचित हुने लेखा समिति सदस्यप्रति उत्तरदायि हुनुपर्ने बताए ।

अभिलेख

लोकप्रिय