दुई अन्तर्राष्ट्रिय कार्यक्रममा सहकारी बैंकको सहभागिता

ललितपुर | ICA-AP (International Cooperative Alliance-Asia Pacific) र NACF (National Agricultural Cooperative Federation- Korea) को संयुक्त आयोजनामा हुन लागेको कोरियामा कृषि सहकारी प्रणाली विषयक कार्यशालामा र CICTAB र NICD (National Institute of Cooperative Development- SriLanka) को आयोजनामा हुन लागेको Exposure Visit Program मा बैंकले सहभागिता जनाएको छ |
मे १४ देखि १९ सम्म कोरियाको सिउलमा हुन लागेको उक्त कार्यशालामा बैंकको संचालक राम बहादुर जीसिले तथा हिलटप जुनार बहुउद्देशीय सहकारी संस्थाका सुमन बिक्रम थापाले सहभागिता जनाउनेछन् । उक्त कार्यशालामा मुलत कोरियामा कृषि सहकारी प्रणाली तथा विकासक्रम र यसको बजारीकरण सम्बन्धी कार्यपत्रको प्रस्तुतिकरण तथा अध्ययन भ्रमण रहेको छ ।
यसै गरि मे १५ देखि १८ सम्म पोलगोल्ला श्रीलंकामा हुन लागेको Exposure Visit मा बैंकको संचालक ज्ञान बहादुर तामाङ्ग तथा अन्य दुई सहकारी संस्थाका प्रतिनिधिले सहभागिता जनाउनु हुनेछ ।
यस कार्यक्रममा श्रीलंकाको सहकारी विकास तथा विभिन्न सहकारीको स्थलगत भ्रमण रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
