२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारी बैंकको ४१ औं शाखा फिदिममा

२०७५ वैशाख १४, शुक्रबार
राष्ट्रिय सहकारी बैंकको ४१ औं शाखा फिदिममा

coop bank branch

फिदिम । राष्ट्रिय सहकारी बैंकको ४१ औं शाखा पाँचथरको फिदिममा विस्तार गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको बीच प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले शाखा उद्घाटन गरेका हुन् । कार्यक्रममा सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, प्रवन्ध सञ्चालक केबी उप्रेती, सञ्चालक सरिता भट्टराई लगायत सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेदेखि कारोबार शुरु गरेको राष्ट्रिय सहकारी बैंकले २०६७ साउन १० गतेदेखि नेपाल राष्ट्र बैंकबाट सिमित बैकिङ कारोबारको स्वीकृति पाएको थियो ।

यसै आर्थिक वर्षदेखि बैकले ४४ शाखा र १ मुख्य शाखा गरी ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
देशभरका करिब १० हजार सहकारी संघ संस्था सदस्य रहेको सहकारी बैंकमा नेपाल सरकारको १ करोड सहित ९५ करोड शेयर रकम, १४ अर्ब निक्षेप, ११ अर्ब कर्जा लगानी रहेको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिए ।

बैंकले आ.व. २०७५/०७६ को अन्त्यसम्म १६ हजार शेयर सदस्य, २ अर्ब शेयर रकम, २० र कर्जा लगानी १६ अर्ब पु¥याउने लक्ष्य लिएको छ ।

अभिलेख

लोकप्रिय