दाेस्राे सहकारी महासम्मेलनमा ११ कार्यपत्र प्रस्तुत गरिने

काठमाडौं । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै छ ।
सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको छ ।
एक वर्षअघि नै हुन लागेको सो सम्मेलनमा यस वर्ष भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायत मुलुकका सहकारी अभियानकर्मीको सहभागिता रहने छ ।
यसअघि २०७० साल चैत ११ गते काठमाडौँमा पहिलो सहकारी महासम्मेलन भएको थियो । कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा हुने कार्यक्रममा झण्डै दुई हजार मानिसको सहभागिता हुने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी आन्दोलनमा भएका उपलब्धिको समीक्षा र संस्थागत गर्ने उद्देश्य तथा संविधान कार्यान्वयनमा सहकारीलाई जिम्मेवारी एवं जवाफदेही बनाउने सम्मेलनको उद्देश्य रहेको जानकारी दिए ।
नेपालको संविधानले जनताको जीवनस्तर उकास्न सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवादउन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको संविधानले निजी, सार्वजनिक र सहकारीलाई तीनखम्बे अर्थनीतिका रुपमा परिभाषित गरेको छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोको सम्बोधन, देशविदेशका विभिन्न विषयका विशेषज्ञका ११ कार्यपत्र प्रस्तुति, दिगो विकासका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय विकास कोष, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत संस्थाका प्रतिनिधिका मन्तव्यसमेत रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हाल मुलुकका ३४ हजार ५१२ सहकारी संस्थामा ६३ लाख नागरिक आबद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
