१६ भदौ २०८३, मङ्गलबार

सहकारी महासंघ प्रतिनिधिमण्डल र सहकारी मन्त्री बीच भेटवार्ता, सहकारी अभियान सफल भएको प्रतिक्रिया

२०७४ चैत ५, सोमबार
सहकारी महासंघ प्रतिनिधिमण्डल र सहकारी मन्त्री बीच भेटवार्ता, सहकारी अभियान सफल भएको प्रतिक्रिया

sahakari mantri

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले नेपालको सहकारी अभियान सफल रहेको बताएका छन् । सहकारी अभियानलाई अब अर्को चरणमा प्रवेश गराउनका लागि आफ्नो पहल रहने बताए ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा माननीय मन्त्री खनालले स्थानीय तहलाई सक्षम बनाउनका लागि केहि वर्ष केन्द्रले सहकार्य गर्ने बताए ।

मन्त्रप् खनाललाई बधाई दिदै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले नेपालको सहकारीको वर्तमान अवस्थाको विषयमा संक्षिप्त जानकारी गराएका थिए ।

bhetghat

अध्यक्ष बडालले २०७४ चैत २१ र २२ गते हुने दोस्रो सहकारी महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियर ग्वार्कोसहित स्वदेशी तथा विदेशी गरि १ हजार सहकारीकर्मीको सहभागिताहुने जानकारी दिर्दै मन्त्रीलाई विशेष निमन्त्रणासमेत गरे ।

महासंघको प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, महासंघकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्ल, संचालक रविन्द्र केसी, संचालक तथा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, संचालक सुरेन्द्र भण्डारी, रमेश पोखरेल, चन्द्र ढकाल, टिका बुढाथोकी रहेका थिए ।

अभिलेख

लोकप्रिय