२२ कात्तिक २०८३, आईतवार

माउन्ट धौलागिरीको अध्यक्षमा गोविन्दप्रसाद शर्मा चयन

२०७४ पुष १५, शनिवार
माउन्ट धौलागिरीको अध्यक्षमा गोविन्दप्रसाद शर्मा चयन

govindha
काठमाडौं । माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षीक साधारणसभाले पुनः गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्वत नेतृत्व चयन गरेको छ ।
संस्थाको नव निर्वाचित सञ्चालक समितिको सचिवमा एकनारायण उपाध्यय र सदस्यहरुमा सरोजकुमार श्रेष्ठ, ज्ञानेन्द्र आचार्य, सरस्वतीकुमारी शर्मा, राजेन्द्र बोहरा र योगिता प्रधान रहेका छन् ।
त्यस्तै साधारण सभाले लेखा समिति संयोजकमा युद्ध बिलास नेउपाने र सदस्यहरुमा राजेन्द्र क्षेत्री र माया थापा (क्षेत्री) चयन गरेको छ ।

अभिलेख

लोकप्रिय