श्री लालीगुराँस सहकारीद्धारा अर्धबार्षिक वित्तिय विवरण सार्वजनिक, ६ महिनामा ३ करोड २० लाख मुनाफा
काठमाडौ,१५ फागुन । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७०÷७१ को अर्धबार्षिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले ६ महिनामा ३ करोड २० लाख ३ हजार ७ सय ५६ रुपैया संचालन मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी, ०७० असार सम्मको कूल कारोबार २ अर्ब ५७ करोड १२ लाख ४१ हजार ९ सय ४४ रुपैया रहेकोमा ०७० पुसमा ११ दशमलब ९९ प्रतिशतले बृद्धी गरी कुल कारोवार २ अर्ब ८७ करोड ९५ लाख ७३ हजार ८ सय ५ रुपैया पुगेको छ । संस्थाको ०७० असारमा २ अर्ब १६ करोड ६७ लाख ९८ हजार ४ सय ३६ रुपैंयाँ निक्षेप रहेकोमा ०७० पुसमा १४ दशमलब २२ प्रतिशतले बृद्धी भई २ अर्ब ४७ करोड ४८ लाख ९५ हजार ३ सय १५ रुपैंयाँ पुगेको जनाएको छ ।
कर्जा लगानी तर्फ ०७० आषाढमा १ अर्ब ६३ करोड ७७ लाख ६९ हजार १ सय ८८ रुपैया रहेकोमा, ०७० पुसमा १० दशमलब २२ प्रतिशतले वृद्धी भई १ अर्ब ८० करोड ५० लाख ७९ हजार ५ सय ५० रुपैया पुगेको छ । सोही अवधीमा कुल शेयर पूँजी २४ करोड ७७ हजार ४ सय रहेकोेमा ०७० पुसमा ३ दशमलब ६३ प्रतिशतले बृद्धी भई २४ करोड ८८ लाख ३ हजार ४ सय पुगेको संस्थाले जनाएको छ ।
हालसम्म १० हजार १ सय २० जना शेयर सदस्य रहेको संस्थाले बहुउद्देश्यीय कार्यक्रम अन्र्तगत यसैवर्षदेखि चितवन जिल्लाको कुमरोज गा.वि.स नेपालकै ठुलो डेरी फार्म संचालनमा ल्याईने जनाएको छ । संस्थाले सिन्धुपाल्चोक जिल्लाको. लार्चा गा.वि.स वडा न.ं ४ तातोपानीमा संचालित ३ मेघावाटको भैरव कुण्ड हाईड्रोपावर प्रा.लि.मा समेत मुख्य लगानी रहेको छ । २०७० फागुन मसान्त देखी उक्त परियोजनाको उत्पादन कार्य सुरुवात हुने संस्थाका प्रमुख कायर्कारी निर्देशक सुरेन्द्र भणडारीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार