२२ कात्तिक २०८३, आईतवार

सहकारी दिवसमा ३ पत्रकारसहित २५ जना पुरस्कृत

२०७३ चैत २०, आईतवार
सहकारी दिवसमा ३ पत्रकारसहित २५ जना पुरस्कृत

rupandehi

बुटवल । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालय रुपन्देहीले सहकारी क्षेत्रको बिकासमा महत्वपुर्ण योगदान दिएको भन्दै कारोबार दैनिकका बुटवल संवाददाता तथा गौतबुद्ध सन्देश दैनिकका सम्पादक टोपराज शर्मा, दैनिकपत्र दैनिक र अन्नपुर्णपोष्टमा कार्यरत लक्षमण पोखरेल, बुटवल एफ एममा कार्यरत झबिन्द्र देबकोटा र बुटवल टुडे दैनिकका संवाददाता कृष्ण खनाललाई १० हजार नगद सहित पुरस्कृत गरेको छ ।

त्यस्तै सर्वोत्कृष्ठ सहकारी व्यक्तित्व पुरस्कारबाट ऋण सहकारी संघ लि रुपन्देहीका उपाध्यक्ष वशन्तप्रसाद ढकाल, उत्कृष्ठ सञ्चालकमा प्रगतिशिल महिला बिकास बहुउदेश्सिय सहकारी लि मक्रहरकी अध्यक्ष राधा थापा, दिर्घसेवा सहकारी पुरस्कारबाट बुटवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, आनन्दवन बचत तथा ऋण सहकारी संस्था लि मयिाग्रामका अध्यक्ष माधव पाठक, इन्द्रेणि बहुउदेश्सीय सहकारी संस्था लि बुटवलका अध्यक्ष मित्रबहादुर शाक्य,भद्रकालि बहुउदेश्सीय सहकारी संस्था लि सेमलारका अध्यक्ष कृष्णप्रसाद भूसाल, बुटवल बहुउदेश्सीय सहकारी संस्था लि बुटवलका अध्यक्ष उदयराज भण्डारी पुरस्कृत भएका छन् ।

त्यस्तै युवा सहकारीकर्मी पुरस्कारबाट जिल्ला सहकारी संघका सञ्चालक दामोदर पंगेनी, आवाज बचत तथा ऋण सहकारी संस्था लि बुटवलका अध्यक्ष बाबुराम बन्जाडे, जिल्ला बचत तथा ऋण सहकारी संघ का सञ्चालक अशोक तिवारी, जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका शिक्षा उप समिति संयोजक सन्दिप सापकोटा पुरस्कृत भएका छन् ।

त्यस्तैगरी उत्कृष्ठ सहकारी संस्थाहरुमा रामवन बचत तथा ऋण सहकारी संस्था लि मणिग्राम,सहयात्रि बचत तथा ऋण सहकारी संस्था लि बुटवल,नमुना महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिसेमलार,निर्माण बहुउदेश्सीय सहकारी संस्था लि देवदह,अरनिको बहुउदेश्सीय सहकारी संस्था लि भैरहवा,सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लि सालझण्डी पुरस्कृत भएका छन् ।

त्यस्तै उत्कृष्ठ व्यवस्थापकमा सप्त ऋषि बचत तथा ऋण सहकारी संस्था लि सैनामैनाका व्यवस्थापक कोशराज बस्नेत, समिप बचत तथा ऋण सहकारी संस्था लि पश्चिम अमुवाका व्यवस्थापक इन्द्रकुमारी रानाभाट पुरस्कृत भएका छन् । डिभिजन सहकारी कार्यालय रुपन्देहीकी सहकारी निरिक्षक रमा अधिकारी र सोही कार्यालयका कार्यालय सहयोगि चुडामणि भूर्तेल उत्कृष्ठ निजामति कर्मचारी पुरस्कारबाट पुरस्कृत भएका छन् ।

६० औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आईतबार बुटवलमा आयोजित मुल समारोह कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिब चन्द्रप्रसाद ढकालले सहकारीको माध्यमबाटै मुलुकको अर्थिक समृद्धि सम्भव रहेको बताए । सहकारीलाई विकासको मुख्य आधार बनाएर अगाडि बढाएका मुलुकहरुको आर्थिक समृद्धि भएको उदाहरण दिदै त्यो नेपामा पनि सम्भव रहेको विचार उने व्यक्त गरे ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारी शिक्षा अपरिहार्य आवस्यकता भएको बताउदै सहकारी शिक्षा मार्फत आम जनसमुदायलाई सहकारीमा गोलबन्द गर्नुपर्ने बिचार व्यक्त गरे ।

कृषि प्रधान देशको नामले चिनिने नेपालमा भारतबाट ५० प्रतिसत आयात हुनु दुखको कुरा भएको भन्दै उनले सहकारीलाई कृषिसँग जोड्नुपर्ने कुरामा जोड दिए ।

अभिलेख

लोकप्रिय