२२ कात्तिक २०८३, आईतवार

सहकारी दिवसको नाराले लक्ष्य प्राप्त गर्न नसकेको बडालको स्वीकारोक्ती

२०७३ चैत १६, बुधबार
सहकारी दिवसको नाराले लक्ष्य प्राप्त गर्न नसकेको बडालको स्वीकारोक्ती

hak hit

काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले ‘आयात प्रतिस्थापन र माजिक न्यायका लागि सहकारी’ भन्ने अत्यन्तै महत्वपूर्ण थिम तय गरेपनि भूकम्प र नाकावन्दीले त्यस अनुसारको लक्ष्य प्राप्त हुन नसकेको बताएका छन् ।

सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै बडालले सामाजिक रुपान्तरणको काम राज्यले संविधान, ऐन, कानुनमा लेखिदिएर मात्र नहुने उनको भनाई थियो । संघले गत बर्ष ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने थिम तय गरेर देशभरका सवै केन्द्रीय संघ, जिल्ला स्तरीय संघ र प्रारम्भिक संस्थाहरुलाई सामाजिक रुपान्तरणमा लाग्न प्रेरित गरेको उनले बताए ।

शान्ति तथ पुननिर्माण मन्त्रालयका सहसचिव सुदर्शन प्रसाद ढकालले राज्यले बित्तीय सहकारीको अनुगमन गर्ने जिम्मेवारी सहकारी बिभागको थाप्लोमा हालिदिनु गलत भएको बताए । संसारमा यस्तो कहीँपनि नभएको उनको भनाई थियो । बित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु जनताका बैंक भएकाले क्याशबेस कारोवार गर्ने बित्तीय सहकारीहरुले एटीएम, मोवाईल बंैकिङ पनि संचालन गर्न सक्ने भएकाले बिभाग त्यहाँ सम्म पुग्नुपर्ने उनले बताए ।

विश्वका अन्य देशमा बित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुलाई सेन्ट्रल फेडेरेसन जस्ता डेडिकेटेड पावरबाट केन्द्रीय बैंकले नियन्त्रण गर्ने प्रचलन भएपनि यहाँ त्यस्तो हुन नसकेको बताए । ‘हाम्रो मुलुकमा यस्तो जिम्मेवारी किन सहकारी बिभागलाई छाडेको हो, मैले बुझ्न सकेको छैन्।’ उनले भने ।

‘ सहकारीले विद्यालय, हाउजिङ्ग, उद्योग धन्दा खोल्न नपाउने अनि उत्पादनको क्षेत्रमा गएनौ भनेर किन गाली गर्ने रु पहिले बाटो खोलिदिनु प¥यो । ’ उनले भने । सहकारी प्रति गरिएका अन्य बिभेदहरुको अन्त्य भए मात्र दिगो विकासका सबै लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।
सहकारी विभागका उपरजिष्ट्रार नारायण प्रसाद अर्यालले दिगो विकास लक्ष्य प्रप्तिका लागि राज्यले आगामी १५ बर्षका लागि तय गरेका लक्ष र उद्देश्य हासिल गर्ने राष्ट्रिय अभिभारा सहकारी क्षेत्रको पनि भएको बताए । ‘सहकारी क्षेत्रले ल्याउने नीति, योजना र कार्यक्रमहरु राज्यले तय गरेका बिकास लक्ष्य प्राप्त हासिल गर्न सहयोगी हुनुपर्छ’ उनले भने ।

गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषणयुक्त खाद्यन्नको उपलब्धता, आम्दानी अभिबृद्धि, लैङ्गिक बिभेद र असमानताको अन्त्य लगायतका राज्यलाई आर्थिक सामाजिक हिसाबले सशक्त तुल्याउने अभियान सहकारीको विशेष भूमिका हुने उनको भनाई थियो । राज्य र सहकारीका कार्यक्रम एकाकार गरेर अगाडि बढाउन सके मात्र दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।

अभिलेख

लोकप्रिय