२२ कात्तिक २०८३, आईतवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पारेर सहकारीको सचेतना

२०७३ फागुन २२, आईतवार
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पारेर सहकारीको सचेतना

बागलुङ । महिलालाई आर्थिक अधिकार सहित राज्यका सबै क्षेत्रमा ५० प्रतिशत सहभागिता अनिवार्य गर्नु पर्नेमा बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
१०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आदर्श सचार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार मुलपानीमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन ।
सहभागिताको नाममा महिलाहरुलाई सहयोगी जस्तै व्यवहार गरिदै आएको भन्दै महिलाहरुले नेतृत्वदायी र निर्णायक तहमा महिलाको प्रत्यक्ष सहभागितामा जोड दिएका थिए । नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरी अब हुने सबै निर्वाचनबाट महिलाहरुको राज्यका सबै तहमा निर्णायक भूमिका स्थापित गर्नु पर्ने उनीहरुको भनाइ यिो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक सदस्य गंगा सर्माले संविधानमा महिलाको हकअधिकार र अन्तर्राष्ट्रिय नारी दिवस विषयमा सहजीकरण गर्नु भएको थियो । गर्दै अझै पनि नेपाली समाजमा महिला माथी हेर्ने दृष्टिकोण परिवर्तन नआएको भन्दै एकजुट भएर महिला हक अधिकारको लागी लड्ने बेला भएको बताउनु भयो ।
महिला सम्मानको आधार : सिपयुक्त हात र स्वरोजकार भन्ने मुल नाराकासाथ १०७ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस फागुन २५ गते विश्वभर मनाइदैछ ।

sachetana

अभिलेख

लोकप्रिय