५ सहकारी संस्था गाभिए
सहकारी अभियान खुम्चाउने खालको ऐन आउने छैन : मन्त्री थानी
काभ्रे । सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले सहकारी अभियानलाई खुम्च्याउने खालको ऐन नआउने दाबी गरेका छन् ।
पनौती ५ वटा सहकारी संस्था मर्जरको घोषणा कार्यक्रममा बोल्दै उनले सहकारी क्षेत्रमा नमिल्दो प्रावधानहरु ऐनबाट हटाइने दाबी गरे । ‘सहकार्रीमैत्री ऐन आउँछ, ऐन कडा बनाउन मलाई आवश्यक छैन,’ उनले भने, ‘सहकारी सिद्धान्त, मुल्य र मान्यता अनुसारकै ऐन आउँछ, अप्ठ्यारा दफाहरु संशोधन गर्न म तयार छु ।’ उनले सहकारी आन्दोलनमा सबैको सहभागिता आवश्यक रहेको भन्दै शिक्षक र कर्मचारीले सहकारीमा सहभागी हुन नपाउने व्यवस्था ऐनबाट हटाउने बताए । उनले साना सहकारीलाई कर बढी भएको गुनासो आएको भन्दै उनले कर घटाउने विषयमा आवश््रयक विधी र प्रकृया थालिने जानकारी दिए । उनले सहकारीले आफै लगानी गर्न पाउने व्यवस्था माग गरिएको भन्दै त्यसो हुन सके रोजगारी सृजना हुने दाबी गरे ।
५ सहकारी संस्था गाभिए
जिल्लाका ५ सहकारी संस्था गाभिएका छन् । पनौती र आसपासका नवदुर्गा, पात्लेखेत, शारदा बचत, शारदा माइ र भुमिडाँडा बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकिकृत सहकारीको नाम नवदुर्गा बचत तथा ऋण सहकारी संस्था राखिएको छ । एकिकृत कारोबार शुरु गरेपछि सहकारीको कुल पूँजी १० करोड ६५ लाख ७७ हजार भएको छ ।
३ हजार १ सय ६२ शेयर सदस्य रहेको सहकारी संस्थामा १ करोड ३९ लाख शेयर रकम रहेको तदर्थ समितिका अध्यक्ष यज्ञप्रसाद हुमागाईले जानकारी दिए । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले एकिकरण भएको घोषणा गरे । उनले सहकारी क्षेत्रलाई खुम्चाउने खालको ऐन नआउने विश्वास व्यक्त गरे । उनले सहकारी मर्जरको क्रम शुरु भएकोमा खुशी व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
