२२ कात्तिक २०८३, आईतवार

स्थानीय स्रोतको उपयोगमा सहकारी जोडिनु पर्नेमा जोड

२०७३ पुष २४, आईतवार
स्थानीय स्रोतको उपयोगमा सहकारी जोडिनु पर्नेमा जोड

jalapa-sahakari

पर्वत । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रले स्थानीय स्रोत साधनको अधिकतम उपयोगका कार्यक्रम बनाएर जनतालाई आयआर्जनतर्फ अग्रसर गराउनु पर्नेमा जोड दिएका छन् ।

पर्वतको शालिजा गाविसमा रहेको जलजला बहुउद्देश्यीय सहकारी संस्थाको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले ग्रामिण क्षेत्रमा सञ्चालित सहकारीले सदस्यहरुलाई समय र स्थान अनुसार हुने उत्पादनका लागि सक्रिय बनाउने र सदस्यहरुले उत्पादन गरेको वस्तुको बजार व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
पहिचान र व्यवस्थापनको अभावमा गाउँघरमा धेरै बहुमूल्य वस्तुहरु खेर गैरहेको स्मरण गराउदै उनले पहिचान र व्यवस्थापनका लागि राज्य, नीजि क्षेत्र र सहकारीबीच समन्वय आवश्यक रहेको बताए । साधारणसभामा जलजला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदीले संस्थाको लक्ष्य तथा उदेश्य, सचिव गौरीश्वर पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनकुमारी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आफ्ना शेयर सदस्यहरुलाई तरकारी उत्पादन लगायतका काम गर्न ३३ लाख रुपैया लगानी गरेको साधारणसभामा जानकारी दिइएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता, सहसचिव इन्द्रप्रसाद सुवेदीको सञ्चालन र सञ्चालक सदस्य यशोदा सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७३ पुस २४

अभिलेख

लोकप्रिय