२२ कात्तिक २०८३, आईतवार

१ सय सहकारीलाई डिभिजनको पत्र, किन काटियो पत्र ?

२०७३ पुष २२, शुक्रबार
१ सय सहकारीलाई डिभिजनको पत्र, किन काटियो पत्र ?

bata-sahakariबारा । डिभिजन सहकारी कार्यालय बाराले १ सय निश्कृय सहकारी संस्थाहरुलाई ३५ दिने पत्र काटेको छ । लामो समयबाट कार्यालयको सम्पर्कमा नआउने सहकारी संस्थाहरुलाई सम्पर्कमा आउन अन्यथा संस्था खारेजी भईजाने ब्यहोरा लेखिएको कडापत्र काटिएको हो ।

बार्षिक लेपापरिक्षण नगर्नेे, मासिक प्रतिवेदन नबुझाउने र साधारणसभा समेत नगरी डिभिजन सहकारीको सम्पर्कमा नआउने सहकारीहरुलाई खारेजी गर्ने प्रकृया अनुरुप पत्रकाटिएको सहकारी कार्यालय बारा प्रमुख कुलोतम् प्रसाद पोखरेलले जानकारी दिए । यसरी पत्र काटिएका सहकारी संस्थाहरु तोकिएको समयमा कार्यालयले मागेका विवरण लिएर सम्पर्कमा नआए त्यस्ता संस्थाहरु सहकारी ऐन २०४८ को दफा ४१ बमोजिम निश्कृय करारगरी खारेजी गर्ने कानुनी प्रकृया अगाडी बढाईने प्रमुख पोखरेलले जानकारी दिए ।
जिल्लामा दर्ता भएका कुल ७ सय ७५ सहकारी संस्थाहरु मध्य ३४ प्रतिशत सहकारीहरु मात्रै विधिवत संचालनमा रहेका छन् । विभिन्न समयमा सरकारी सहायतको प्रहललोभनमा दर्ता भई हाल निश्कृय दुईसयको हाराहारीमा रहेका सहकारी यसैबर्ष खरेज गरिने समेत पोख्रेलले बताए ।

अभिलेख

लोकप्रिय