२२ कात्तिक २०८३, आईतवार

बलेवा एकता साकोसको अध्यक्षमा दिपेन्द्र खड्का

२०७३ पुष १७, आईतवार
बलेवा एकता साकोसको अध्यक्षमा  दिपेन्द्र खड्का

16d

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले गरिवी निवारणका लागि सहकारी व्यवसायलाइ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङको छैठौ वार्षिक साधारणसभामा बोल्दै उनले आयात प्रतिस्थापनका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमा जोए । सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्न आग्रह गरे । 

कार्यक्रममा संस्थाका सल्लाहकार शिव शर्माले सहकारीहरु सहकारी क्षेत्रले मुलुक आर्थिक विकासमा पु¥याएको योगदानको सही मूल्यांकन हुनु पर्नेमा जोड दिए । संस्थाले आर्थिक वर्ष २०७२/०७३ मा ३६ करोड बराबरको कारोबार गरेको कोषाध्यक्ष रेशम शर्माले जानकारी दिए । संस्थाले वचत तथा ऋणको कारोबारसंगै रेमिट्यान्स, सदस्य आवास कार्यक्रम, सुत्केरी भेटघाट, औषधी उपचार, दुर्घटना राहत, सामाजिक सुरक्षा भत्ता, चौरासी पुजा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साधारणसभाले दिपेन्द्र खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष भरत पौडेल, सचिवमा रेशम शर्मा, सहसचिवमा गीता शर्मा र कोषाध्यक्षमा यज्ञप्रसाद रखाल चयन भएका छन् । समितिका सदस्यहरुमा हिरोश शर्मा, कर्णबहादुर क्षेत्री, खगेन्द्र जिसी, कृष्ण केसी, थपप्रसाद शर्मा र डिलबहादुर हरिजन चयन भए । साधारणसभाले प्रकाश चपाई संयोजक तथा सुमन गौडेल र भूपेन्द्र क्षेत्री सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

अभिलेख

लोकप्रिय