२२ कात्तिक २०८३, आईतवार

यसरी समातिए सहकारीका महाठग

२०७३ पुष १३, बुधबार
यसरी समातिए सहकारीका महाठग

काठमाडौं । सहकारी मार्फत करिब ६ अर्ब ठगी गरेका सुधीर बस्नेत प्रहरीको फन्दामा परेका छन् । सर्वसाधारणबाट करोडौं रकम लिएर फरार रहेका बस्नेतलाई मंगलबार राति ११ बजे अदालतको फैसला कार्यान्वयन इकाई र प्रहरीको टोलीले उनको धापासीस्थित घरबाट पक्राउ गरेको हो ।
डेढ अर्व बढी रकम ठगी गरेर उनी भारतमा लुक्दै आएका थिए । सूचनाको आधारमा राति घरमा सुतिरहेकै अवस्थामा बिस्ताराबाट प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनालले सूचनाका आधारमा घरमै गएर राति पक्राउ गरिएको जनाए ।

अभिलेख

लोकप्रिय