२२ कात्तिक २०८३, आईतवार

सहकारी हकहितद्वारा नेफ्स्कूनका पदाधिकारी र सदस्यलाई विशेष सम्मान

२०७३ पुष १२, मङ्गलबार
सहकारी हकहितद्वारा नेफ्स्कूनका पदाधिकारी र सदस्यलाई विशेष सम्मान

sahakari-hak-hit

काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाज तथा सहकारी संचार मासिक पत्रिकाको संयुक्त आयोजनामा २५ औ साधारण सभावाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई विशेष सम्मान कार्यक्रम सोमबार आयोजना गरेको छ ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डिबि बस्नेत, वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड, महासचिव चन्द्रप्रसाद ढकाल, सञ्चालक दिपक पनेरु लगायतको उपस्थित रहेको थियो ।

sahakari-hak-hit1

कार्यक्रममा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाले छलफलको क्रममा रहेको प्रस्तावित सहकारी ऐनको बारेमा उपत्यकाका विभिन्न स्थानमा अन्तरक्रिया गरि प्राप्त भएका सुझाब संकलन गरि सम्वद्ध निकायहरुमा बुझाइसकिएको जानकारी दिए ।

अभिलेख

लोकप्रिय