२२ कात्तिक २०८३, आईतवार

९ साकोसद्वारा नेफ्स्कूनका सञ्चालक समितिलाई संयुक्त बधाई

२०७३ पुष १२, मङ्गलबार
९ साकोसद्वारा नेफ्स्कूनका सञ्चालक समितिलाई संयुक्त बधाई

sahakari-badhai

काठमाडौं । काठमाडौंको कलंकी आसपासका ९ वटा बचत तथा ऋण सहकारीहरु नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका अत्यन्त गहन बन्दै गएको, सहकारीको दीगो र सबल विकास मार्फत नै राज्यलाई कर तिर्न सक्ने अर्थिक रुपले सबल नागरिक निर्माणमा योगदान गरेको बताए । त्यस्तैराष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी एकीकरणको अभियानमार्फत सहकारीमा गुणात्मक विकास सम्भव हुने र सहकारीमार्फत ठूला आर्थिक कारोबारहरु समेत गर्न सकिने बताउँदै राष्ट्रिय सहकारी बैंकले सहकारीहरुलाई विभिन्न सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष डिबी बस्नेतले बचत तथा ऋण सहकारीहरुले दिएको सम्मान र सुझावले नेफ्स्कून पदाधिकारीमा गहन जिम्मेवारी थपिएको महशुस भएको बताउदै साकोसहरुबाट प्राप्त सुझावहरु अत्यन्त सादर्भिक भएकाले यसको अक्षरशः पालन गरी नेफ्स्कूनको नीति र कार्यक्रमभित्र समावेश गरिने बताए ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड राई, महासचिब चन्द्रप्रसाद ढकाल लगायत सञ्चालक एवं लेखा समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाका साथै बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । कलंकी आसपास क्षेत्रका भूगोल साकोस, सुनौलो आयाम साकोस, शुभ श्री बालकुमारी साकोस, होस्टेहैंसे साकोस, सहयोग समाज साकोस, गृहीणि सेवा साकोस, एसुयोर साकोस, प्रयत्न बहुउद्देश्यीय सहकारी र सामुहिक परिवर्तनशील महिला साकोसको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो ।

आयोजक साकोसहरुका अध्यक्षहरुको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट होस्टेहैंसे साकोसका अध्यक्ष दिपक पनेरुले बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अभिलेख

लोकप्रिय