दुई सहकारी संस्थाका अध्यक्ष पक्राउ

गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सोनौल-४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर-९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
पक्राउ परेका अध्यक्षद्वयले किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी अनुदानमा गहुँको बीउ ल्याएर मनपरी ढङ्गले बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अध्यक्ष भगतले गहुँको बीउ प्रतिबोरा ४० किलोको एकहजार सातसय २० मा बेच्नुपर्नेमा दुईहजार पाँचसयमा बेचेको र अध्यक्ष कुर्मीले प्रतिकिलो ४३ मा बेच्नुपर्नेमा प्रतिकिलो रु ६५ मा बेचेको गुनासो आएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेश अधिकारी सहितको अनुगमन टोलीले दुवै अध्यक्षलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।
अनुदानको बीउमा किसानलाई ठगी गरेका दुवै सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरी दुवैमाथि कालोबजारी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७३ मंसिर २९
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
