१८ भदौ २०८३, बिहिबार

भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग

२०८३ भदौ १८, बिहिबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहत तथा पुनःस्थापनाका लागि ललितपुर बालकुमारीस्थित ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ। विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले संस्था, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको योगदानबाट रकम जुटाइएको हो।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ग्लोबल साकोसले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको प्रभावकारी उपचार तथा प्रभावित नागरिकको उद्धार र पुनःस्थापनामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

संकटको समयमा पीडितको साथमा उभिनु सहकारीको सामाजिक दायित्वसँगै मानवीय कर्तव्य भएको संस्थाको भनाइ छ। कठिन परिस्थितिमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नुपर्नेमा समेत संस्थाले जोड दिएको छ।

अभिलेख

लोकप्रिय