१८ भदौ २०८३, बिहिबार

सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग

२०८३ भदौ १८, बिहिबार
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग

काठमाडौं : अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको छ। बाढीका कारण धेरै परिवारहरूले आफ्ना घरबार गुमाएका छन् भने जनजीवन अत्यन्त कष्टकर बनेको छ।

यस दुःखद र कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै प्रणामी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पीडित परिवारहरूको राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाले विपद्को घडीमा सानो सहयोगले पनि प्रभावित परिवारमा नयाँ आशा जगाउन सक्छ भन्ने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५५ हजार जम्मा गरेको छ।

सहकारी संस्था केवल आर्थिक कारोबार, बचत र ऋण प्रवाहमा मात्र सीमित रहने निकाय होइन यो त समाजमा आइपर्ने सुख दुःखमा साथ दिने, पीडामा हात थाम्ने र सामाजिक दायित्व निर्वाह गर्ने एउटा साझा परिवार हो भन्ने भावनालाई संस्थाले आत्मसात् गरेको छ।

बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले प्रभावित क्षेत्रका नागरिकहरूप्रति सहानुभूति एवं निरन्तर साथ र ऐक्यबद्धता प्रकट गरेको छ।

अभिलेख

लोकप्रिय