भोटेकोशी बाढीपीडितका लागि जिल्ला सहकारी संघ काभ्रेको १ लाख ५९ हजार सहयोग
काठमाडौं : जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख ५९ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
संघले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संघको संयुक्त योगदानबाट उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको जनाएको छ।
भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय क्षति, धनजनको नोक्सानी तथा भौतिक संरचना र सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ। बाढीबाट काभ्रेपलाञ्चोकका नागरिकसमेत प्रभावित भएका छन्। पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक जिल्लाका ४१ जना अझै सम्पर्कविहीन छन्।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठद्वारा जारी अपिलमा विपद्को समयमा प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउनु सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएकाले सहयोग गरिएको उल्लेख छ।
संघले जिल्लास्थित सम्पूर्ण सहकारी संघ–संस्थालाई आफ्नो आर्थिक क्षमता र सामर्थ्यअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न अपिलसमेत गरेको छ।
‘सहकारी क्षेत्रको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै विपद्मा परेका नागरिकको पीडामा आ–आफ्नो संस्थाबाट सक्दो सहयोग गर्न’ संघले आग्रह गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
भोटेकोशी बाढीपीडितका लागि जिल्ला सहकारी संघ काभ्रेको १ लाख ५९ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार
नवकान्तिपुर सहकारीद्वारा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार
बाढीको चोटमा चाइना ट्रेड सहकारीको सहारा, राहत-उद्धार तथा पुनःस्थापनामा १ लाख बढी सहयोग
१७ भाद्र २०८३, बुधबार