बाढीको चोटमा चाइना ट्रेड सहकारीको सहारा, राहत-उद्धार तथा पुनःस्थापनामा १ लाख बढी सहयोग
काठमाडौं : विपद्को घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाढीपीडितका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
संस्थाका सदस्य, सञ्चालक समिति तथा उपसमिति, कर्मचारी र संस्थाको संयुक्त योगदानबाट रकम जुटाइएको हो। सहकारीको मूल मर्म नै सदस्यसँगै समुदायको सुख–दुःखमा सहकार्य गर्नु भएकाले विपद्को समयमा संस्थाले आफ्नो सामाजिक दायित्व निर्वाह गरेको जनाएको छ।
संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले विपद्को समयमा पीडित परिवारलाई सकेको सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। ‘सहकारी संस्था केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र होइन, समुदायको सुख–दुःखमा साथ दिने सामाजिक संस्था पनि हो। विपद्को यस कठिन घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै संस्थाका सदस्य, सञ्चालक तथा कर्मचारीको संयुक्त प्रयासबाट सहयोग गरेका हौं,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।
उहाँले बाढीबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। ‘सानो भए पनि हाम्रो सहयोगले विपद्मा परेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्य हो। मानवीय सेवामा सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्छ,’८८ श्रेष्ठले भन्नुभयो।
बाढीका क्रममा ज्यान गुमाउनेहरूप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन भएकाहरूको शीघ्र खोज तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
भोटेकोशी बाढीपीडितका लागि जिल्ला सहकारी संघ काभ्रेको १ लाख ५९ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार
नवकान्तिपुर सहकारीद्वारा बाढीपीडितलाई २ लाख ३१ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार
बाढीको चोटमा चाइना ट्रेड सहकारीको सहारा, राहत-उद्धार तथा पुनःस्थापनामा १ लाख बढी सहयोग
१७ भाद्र २०८३, बुधबार