बाढीपीडितको भरोसा बन्दै ज्योतिपुञ्ज, राहत कोषमा २ लाख ५ हजार
काठमाडौं : भोटेकोशीको भेलले बस्ती मात्र बगाएन, धेरै परिवारका सपना, वर्षौंको मेहनत र आफ्ना मान्छेसँग जोडिएका सम्झनासमेत बगाएर लग्यो। भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि धेरैका घर सुनसान बने, कतिपय परिवारले आफ्ना प्रियजन गुमाए र कतिपय अझै बेपत्ताको खबर पर्खिरहेका छन्। विपत्तिले छाडेको त्यो पीडा शब्दमा बयान गर्न कठिन छ।
यही पीडाबीच राहत र पुनःस्थापनाका लागि देशका विभिन्न क्षेत्रबाट सहयोगका हातहरू अघि बढिरहेका छन्। ‘दुःखमा साथ दिनु नै सहकारिताको वास्तविक अर्थ हो भन्ने भावनासहित’ नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि बाढी प्रभावित परिवारका लागि सहयोगको हात अघि बढाएको छ।
संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो।
संस्थाका समिति, उपसमिति, व्यवस्थापन तथा संस्थागत योगदानबाट उक्त रकम जुटाइएको हो। विपद्को समयमा पीडितको दुःखमा समुदायसँगै उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको भावनाका साथ ज्योतिपुञ्जले सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले जानकारी दिनुभयो।
सहकारीको पहिचान केवल बचत तथा ऋणको कारोबारमा सीमित हुँदैन। समुदायमा आधारित सहकारिताले सदस्यको आर्थिक जीवनसँगै सामाजिक जीवनमा पनि जिम्मेवारी बहन गर्छ। विपद्का बेला पीडितको हात समात्नु, राहतमा योगदान गर्नु र पुनःस्थापनामा साथ दिनु त्यही जिम्मेवारीको व्यवहारिक रूप हो।
भोटेकोशी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
विपद्को घडीमा गरिएको सहयोग रकम ठूलो–सानोभन्दा पनि त्यसमा जोडिएको मानवीय भावना महत्वपूर्ण हुन्छ।
संस्थाले यस कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्न सबैमा आग्रहसमेत गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीको चोटमा चाइना ट्रेड सहकारीको सहारा, राहत-उद्धार तथा पुनःस्थापनामा १ लाख बढी सहयोग
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको भरोसा बन्दै ज्योतिपुञ्ज, राहत कोषमा २ लाख ५ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार