आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक

काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहायक पदका लागि ५ जना कर्मचारी माग गरेको छ। संस्थाले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
सूचनाअनुसार संस्थाको मुख्य कार्यालय नयाँ बानेश्वर तथा सेवा केन्द्रहरू कुमारीपाटी र लुभुमा कार्य गर्नुपर्नेछ। आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवारले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको वा प्लस–टु उत्तीर्ण गरी कम्तीमा दुई वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्ने संस्थाले जनाएको छ।
चयन भएका कर्मचारीलाई मासिक २५ हजार रुपैयाँभन्दा बढी तलब सुविधा उपलब्ध गराइने उल्लेख छ।
इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित २०८३ साउन १५ गते कार्यालय समयभित्र संस्थाको सबै कार्यालय वा www.jyotipunja.coop.np मार्फत आवेदन दिन सक्नेछन्।
संस्थाका अनुसार उम्मेदवार छनोट प्रक्रिया लिखित, मौखिक र प्रयोगात्मक परीक्षामध्ये कुनै दुई माध्यमबाट गरिनेछ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल
१ आश्विन २०८३, बिहीबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१ आश्विन २०८३, बिहीबार
४५० बढी संस्थाको विश्वाससहित १२औँ वर्षमा प्रिमियम सीबीएस
१ आश्विन २०८३, बिहीबार