नेपाल बहुउद्देश्यीय सहकारीमा सीईओका लागि आवेदन खुला, मासिक सुविधा २ लाखभन्दा बढी

काठमाडौं : झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले ४ वर्षे करार सेवाअन्तर्गत काम गर्न इच्छुक योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार आवेदकको उमेर २०८३ असार मसान्तसम्म ५५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यता, अनुभव, प्राथमिकता, आवश्यक कागजात, आवेदन प्रक्रिया तथा दस्तुरसम्बन्धी विस्तृत जानकारी संस्थाको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ।
संस्थाले सीईओ पदका लागि मासिक तलब १ लाख ५० हजार रुपैयाँ, मासिक भत्ता ३० हजार रुपैयाँ तथा आवास सुविधा वापत २० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ। अन्य सेवा सुविधा सञ्चालक समितिले तोकेबमोजिम हुने उल्लेख छ।
उम्मेदवार छनोट अन्तर्वार्ता र व्यावसायिक योजनाको प्रस्तुतीकरण मूल्यांकनका आधारमा गरिनेछ। आवेदन दिने अन्तिम मिति २०८३ असार ३० गते कार्यालय समयसम्म तोकिएको छ। अतिरिक्त जानकारीका लागि संस्थाको वेबसाइट वा मानव संसाधन विभागमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार