समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई धमाधम बचत फिर्ता
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक हजार ४५२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यालयले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार यस अवधिमा दश हजार भन्दा कम बचत भएका ८ सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
कार्यालयका अनुसार सोही सहकारीको ऋण असुलीबाट जम्मा भएको ५९ लाख ४ हजारबाट फिर्ता गरिएको हो । यस अवधिमा कार्यालयले १२२ जनाको ५१ लाख ५१ हजारको बचत मिलान गरिएको तथा १२ सहकारीका ऋणीबाट एक करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरिएको जनाएको छ ।
बचत फिर्ता गरिएका सहकारीहरूमा कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरिएन्टल को–अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर र लालिगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन्। यी सहकारीका ऋणीहरूबाट असुल भएको रकमबाट दाबीकर्ताहरूलाई दाबी भुक्तानी गरिएको समेत समितिले जनाएको छ ।
बचत मिलान र ऋण असुली भएका सहकारीहरूमा ओरिएन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।
साथै, बचत फिर्ताका लागि भेरिफिकेसन गर्न बाँकी रहेका करिब ४४ हजार मागदाबी निवेदनहरूको चरणबद्ध रूपमा छानबिन भइरहेको कार्यालयले जनाएको छ ।
यसैगरी दश हजारभन्दा कम बचत भएका साना बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको बचत फिर्ता सम्पन्न भएको, २ सहकारीको फिर्ता दैनिक भईरहेको, २ सहकारीको तेश्रो पक्षको जिम्मेवारीमा फिर्ता भएको रकम लगत संकलन भईरहेको र बाँकी ४ सहकारीको मागदाबी भेरिफिकेसनको कार्य भईरहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै बचतकर्ताको मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै हेल्प डेस्क समेत सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक र पूर्व सञ्चालकहरूको नाममा रहेको सम्पत्ति खोजी गर्न रणनीतिक योजनासहित टोली परिचालन गरिएको समितिले उल्लेख गरेको छ ।
यसैगरी ऋणीहरूको ऋण दायित्व गणनाका लागि सफ्टवेयर विकास गरी कर्मचारीलाई तालिम दिने कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार