राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको निर्वाचन उपसमितिले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन परिणाम घोषणा गरेको छ ।
निर्वाचन उपसमितिले आइतबार आयोजित एक कार्यक्रमबीच दुवै समितिको निर्वाचन परिणाम सार्वजनिक गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिमा लक्ष्मी प्रसाद उप्रेती (कोशी प्रदेश), मन्दिरा आचार्य (मधेश प्रदेश), परितोष पौड्याल (बागमती प्रदेश), कमलादेवी गिरी (गण्डकी प्रदेश), विष्णु प्रसाद बराल (लुम्बिनी प्रदेश), कालिबहादुर महतारा (कर्णाली प्रदेश) तथा मनमोहन विष्ट (सुदूरपश्चिम प्रदेश) निर्वाचित भएका छन् ।
शनिबार भएको बागमती प्रदेश सञ्चालक पदको निर्वाचनमा परितोष पौड्याल विजयी भएका थिए । उनका प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेले १५५२ मत प्राप्त गर्दा पौड्यालले १८२७ मत ल्याएर जित हासिल गरेका हुन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पाख्रेल र ममता कुमारी साह निर्वाचित भएका छन् ।
बैंकका अनुसार दुवै समितिको प्रमाण पत्र वितरण र शपथग्रहण कार्यक्रम जेठ १३ गते तय गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार