८ जेठ २०८३, शुक्रबार

‘स्कुल स्कुलमा’ विकू अभियान: तीन विद्यालयका २६५ विद्यार्थीलाई वित्तीय साक्षरता

२०८३ जेठ ८, शुक्रबार
‘स्कुल स्कुलमा’ विकू अभियान: तीन विद्यालयका २६५ विद्यार्थीलाई वित्तीय साक्षरता

गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत ‘स्कुल स्कुलमा विकू’ अभियानमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छ।

संस्थाले रत्ननगर नगरपालिका र गैंडाकोट नगरपालिकाका ३ विद्यालय (पञ्चकन्या माध्यमिक विद्यालय, विजय सामुदायिक शिक्षा सदन र जनक नमुना माध्यमिक विद्यालय)मा एकसाथ कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा कक्षा ८, ९ र १० का २६५ भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारी, कर्मचारी तथा शिक्षक–शिक्षिकाहरूको समेत उपस्थिति थियो।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्नु, वित्तीय साक्षरतासम्बन्धी ज्ञान प्रदान गर्नु, नेतृत्व विकासमा सहयोग पुर्‍याउनु तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनु रहेको संस्थाले जनाएको छ। साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसमेत संस्थाले राखेको छ ।

कार्यक्रमअन्तर्गत ९ सदस्यीय ‘विकू बाल बचत क्लब’ गठन गरिएको छ । क्लबमार्फत विविध कार्यक्रम सञ्चालनका लागि नगद तथा स्टेशनरी सामग्रीसमेत प्रदान गरिएको संस्थाले जनाएको छ। आगामी दिनमा थप ३४ विद्यालयमा पनि कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

अभिलेख

लोकप्रिय