सहकारी नियमन प्राधिकरणद्वारा सञ्चालन अनुमति लिने म्याद थप
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरण ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, अभिलेखीकरण तथा वर्गीकरणका लागि सञ्चालन अनुमति आवेदन दिने म्याद थप गरेको छ ।
प्राधिकरणले कुल कारोबारको ५० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने वा २५ करोड रुपैयाँभन्दा बढी वित्तीय कारोबार भएका सहकारी संस्थालाई सञ्चालन इजाजत लिन आगामी असार मसान्तसम्म समय थप गरिएको जनाएको हो ।
प्राधिकरणका अनुसार जेठ ७ गतेदेखि सञ्चालन अनुमति दरखास्त दिने अन्तिम मिति असार ३२ गतेसम्म कायम गरिएको छ । यसअघि प्राधिकरणले आवेदन दिने समय चैत १७ गतेसम्म तोकेको थियो ।
हालसम्म प्राधिकरणमा ११ हजार ७ सय ७७ सहकारी संस्थाले मात्रै आवेदन दिएको जनाएको छ ।
प्राधिकरणले सहकारी (पहिलो संशोधन) ऐन, २०८३ तथा प्राधिकरणको निर्णयअनुसार सञ्चालन अनुमति लिने म्याद थप गरिएको स्पष्ट पारेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार