नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाको मुख्य कार्यालय बौद्ध टुसालमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।

रक्तदान कार्यक्रममा संस्थाका सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा इन्टरनेट सेवा प्रदायक भायोनेटसँग सदस्यहरूलाई छुट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरिएको छ। संस्थाका सचिव विकल्प पाठकका अनुसार उक्त सम्झौताअनुसार सदस्यहरूले भायोनेटको इन्टरनेट सेवा जडान गर्दा दुई महिनासम्म बोनस सुविधा प्राप्त गर्नेछन्।

संस्थाले स्थापना दिवसकै अवसर पारेर डिजिटल लेन्डिङ सेवा पनि सुरु गरेको छ। अब संस्थाका सदस्यहरूले मोबाइल एपमार्फत पाँच लाख रुपैयाँसम्मको मुद्दती निक्षेप कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
साथै मोबाइल एपबाटै सदस्यता कार्ड प्राप्त गर्न सकिने सेवा समेत सुरु गरिएको संस्थाले जनाएको छ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार