१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको छ। २०६५ साल बैशाख २४ गते स्थापना भएको संस्थाले १९औँ स्थापना दिवसको अवसरमा १९ प्रतिवद्धता सार्वजनिक गरेको छ।
संस्थाले सदस्य हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्ने, युवा तथा महिलाको सक्रिय सहभागिता वृद्धि गर्दै नेतृत्व विकासमा जोड दिने, आन्तरिक नियन्त्रण प्रणालीलाई अझ मजबुत, पारदर्शी र प्रभावकारी बनाउने तथा सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार उत्तरदायी ढंगले कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी सदस्य शिक्षा तथा वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने, सुशासन र जवाफदेहितालाई सुनिश्चित गर्ने, प्रविधिमैत्री सेवा विस्तार गर्दै डिजिटल प्रणालीलाई प्राथमिकता दिने तथा उद्यमशीलता विकासमार्फत सदस्यको आयआर्जन वृद्धि गर्ने योजना अघि सारेको छ।
संस्थाले साना तथा मझौला ऋण प्रवाहलाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधि विस्तार गर्ने, जोखिम व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने, डिजिटल बैंकिङ सेवामार्फत सहज, सुरक्षित र छिटो सेवा प्रदान गर्ने तथा मानव स्रोत व्यवस्थापनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यस्तै, समुदायप्रति सामाजिक उत्तरदायित्वका कार्यक्रम नियमित सञ्चालन गर्ने, सदस्यको समृद्धि र आर्थिक सशक्तीकरणका कार्यक्रम विस्तार गर्ने तथा निम्न आय वर्ग र पहुँचबाहिर रहेका समुदायसम्म सेवा विस्तार गर्ने उल्लेख गरिएको छ। संस्थाले नियामक निकायबाट जारी निर्देशिका, नीति तथा कानुनी प्रावधानको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार