सहकारीमार्फत स्याहार सेवा सञ्चालन गर्न आईएलओसँग महासंघको साझेदारी
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सहकारीमार्फत लैंगिक समानता तथा स्याहार सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग सम्झौता गरेको छ।
बुधबार एक संक्षिप्त कार्यक्रमको बीच आईएलओका कन्ट्री डाईक्टर नुमान ओजकान र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक डा. बाबु काजी थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।
सम्झौता अनुसार कर्णाली, सुदूरपश्चिम तथा मधेश प्रदेशका सम्भावना युक्त, सक्षम एवंम सुशासित सहकारी संस्थाहरू (प्रत्येक प्रदेशबाट एक-एक संस्था) बाट स्याहार सेवा सञ्चालन गरिनेछ। स्याहार केन्द्र सञ्चालन गर्न इच्छुक सहकारी संस्थाहरूमार्फत यस कार्यक्रमलाई संचालन गरिने महासंघले जनाएको छ।
हाल तीन वटा प्रदेशमा कार्यक्रम कार्यान्वयन भए पनि क्रमशः सातै प्रदेशमा विस्तार गर्ने तयारी रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले महासंघ यस विषयमा आशावादी रहेको बताउनुभयो।

सहकारीमार्फत स्याहार सेवा किन?
सदस्यद्वारा सदस्यकै आवश्यकतामा आधारित सेवा प्रदान गर्दै आएका सहकारी संस्थाहरू हाल बचत तथा ऋणमा मात्र सीमित नरही सेवा विविधीकरण र उद्यमशीलताको प्रवद्र्धनतर्फ उन्मुख हुँदै गएका छन्। देशभित्र पर्याप्त रोजगारी अवसरको अभावका कारण युवा जनशक्ति वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिने क्रम बढेसँगै घरपरिवार तथा समुदायमा बालबालिका र ज्येष्ठ नागरिकहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।
यस्तो अवस्थामा आर्थिक रूपमा सक्रिय हुन सक्ने महिला, युवा तथा अन्य सदस्यहरू बाल स्याहार तथा हेरचाहमै सीमित हुनुपर्दा आयआर्जनका अवसरबाट वञ्चित हुने अवस्था देखिएको छ। यही सन्दर्भमा स्थानीयस्तरमै बाल स्याहार केन्द्र सञ्चालनलाई प्रभावकारी र दीगो समाधानका रूपमा लिँदै महासंघले आईएलओसँग साझेदारी गरेको हो।

नेपालमा सरकारी स्तरबाट यस्ता सेवाहरू सीमित मात्रामा उपलब्ध छन् भने निजी क्षेत्रबाट सञ्चालित सेवाहरू प्रायः नाफामुखी हुने गरेको पाइन्छ। यस्तो परिस्थितिमा सदस्य-केन्द्रित सहकारी संस्थाहरूले सुलभ, गुणस्तरीय र विश्वासयोग्य स्याहार सेवा प्रदान गर्न सकेमा सदस्यहरूको दैनिकी सहज हुनुका साथै उनीहरूको आर्थिक क्रियाकलापमा सहभागिता वृद्धि भई समग्र सामाजिक तथा आर्थिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा महासंघको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमार्फत स्याहार सेवा सञ्चालन गर्न आईएलओसँग महासंघको साझेदारी
२३ बैशाख २०८३, बुधबार
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार