विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक नियमित कार्यक्रम अन्तर्गत ३२ जना सदस्यका बालबालिकालाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ।
२०८३ साल वैशाख २२ गते आयोजित कार्यक्रममा ‘विकू दीर्घकालीन छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत उक्त छात्रवृत्ति वितरण गरिएको हो। संस्थाले विद्यार्थीहरूलाई एसईईसम्म निरन्तर आवश्यक शैक्षिक सामग्री, पोशाक, जुत्ता, झोला तथा एकमुष्ट पठनपाठन खर्च उपलब्ध गराउँदै आएको जनाएको छ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। छात्रवृत्ति प्राप्त कक्षा ६ मा अध्ययनरत छात्रा सृष्टि भुसालले यस्तो सहयोगले आफ्नो पढाइप्रतिको रुचि र लगनशीलता बढेको अनुभव सुनाइन्।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, गैंडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौत्तम, रजहर सेवा केन्द्रका संयोजक केशरबहादुर क्षेत्री तथा अभिभावक तारा बन्जाडेले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक उन्नति र उज्ज्वल भविष्यको कामना गरे।

प्रमुख अतिथि श्रेष्ठले शैक्षिक विकासमा विकूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सहकारीमार्फत सामाजिक, आर्थिक तथा गैर–आर्थिक सिकाइसमेत प्रवर्द्धन भइरहेको बताए। उनले नवलपुर र चितवनका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित छात्रवृत्ति वितरणले शिक्षा क्षेत्रमा महत्वपूर्ण टेवा पुगेको धारणा राखे।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गरेका थिए।
कार्यक्रममा विभिन्न उप–समितिका पदाधिकारी, सेवा केन्द्र व्यवस्थापन उप–समितिका संयोजक, अभिभावक, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमार्फत स्याहार सेवा सञ्चालन गर्न आईएलओसँग महासंघको साझेदारी
२३ बैशाख २०८३, बुधबार
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार