आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
काठमाडौं : सहकारी मोबाइल बैंकिङ एप आईस्मार्ट स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ। तेस्रो वार्षिकोत्सवको अवसर पारेर कम्पनीले तीन गुणा बढी सुविधासहित iSmart Version 2.0 सार्वजनिक गरेको हो।
“The Next Chapter Begins” भन्ने नारासहित ल्याइएको नयाँ संस्करणले डिजिटल सहकारी सेवामा अझ सहज, सुरक्षित र शक्तिशाली अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार iSmart 2.0 मा प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी पहिलेभन्दा थप उन्नत र बहुआयामिक सुविधाहरू समावेश गरिएको छ। अब प्रयोगकर्ताले मोबाइलबाटै अनलाइन खाता खोल्न, सेड्युल ट्रान्सफर तथा भुक्तानी गर्न, स्मार्ट एफडी (Smart FD) सञ्चालन गर्न तथा पिन बिर्सिएमा सहजै रिसेट गर्न सक्नेछन्।
त्यस्तै, एपमा E-Teller मार्फत नगद जम्मा तथा झिक्न मिल्ने, Smart Loan सेवा लिन सकिने, डिजिटल लेन्डिङ, iConnect eBanking प्रयोग गर्न सकिने तथा सहकारीका सदस्यहरूले आफ्नै व्यक्तिगत QR कोडमार्फत भुक्तानी प्राप्त गर्न सक्ने (My QR) सुविधा समेत समावेश गरिएको छ।
यी सेवाहरूले सहकारी कारोबारलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) विष्णु महर्जन ले बताउनुभयो।

उहाँका अनुसार iSmart 2.0 लाई प्रयोगकर्ता मैत्री इन्टरफेससहित विकास गरिएको छ। यसले समय र मेहनतको बचत गर्नुका साथै २४ घण्टा जहाँसुकैबाट सेवा लिन सकिने सुविधा दिनेछ। नयाँ संस्करणले डिजिटल सहकारी सेवामा थप विश्वास र पहुँच विस्तार गर्ने अपेक्षा कम्पनीले गरेको छ।
यसैबीच, नयाँ वर्ष २०८३ तथा तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले “नयाँ वर्षको साथ, स्मार्ट डिजिटल सहकारीको सुरुवात” भन्ने नारासहित विशेष अफर समेत ल्याएको छ।
विशेष अफरअन्तर्गत सहकारी संस्थाहरूले सेवामा १० प्रतिशत छुट पाउनुका साथै १ महिना निःशुल्क परीक्षण सुविधा प्राप्त गर्नेछन्। यो अफर २०८३ साल बैशाख महिनाभर लागू रहने कम्पनीले जनाएको छ।
देवना सफ्ट प्रा.लि.द्वारा विकास गरिएको आईस्मार्ट सरल, सहज र सुरक्षित सहकारी मोबाइल बैंकिङ एप हो। “अबको सहकारी, आईस्मार्ट डिजिटल सहकारी” भन्ने मूल मन्त्रका साथ सेवा प्रवाह गरिरहेको आईस्मार्ट ISO 9001 र ISO 27001 प्रमाणित मोबाइल बैंकिङ एप हो।
हालसम्म ७ सयभन्दा बढी सहकारी संस्थामा सफल परीक्षण भइसकेको यस एप ४५ भन्दा बढी कोर बैंकिङ सिस्टमसँग प्रमाणित छ। ७० जिल्लामा पहुँच विस्तार गरिसकेको आईस्मार्ट हाल ३ लाख ५० हजारभन्दा बढी सदस्यहरूले नियमित प्रयोग गर्दै आएका छन्।
आईओएस र एन्ड्रोइड दुवै संस्करणमा उपलब्ध यस एपमार्फत बैंक तथा सहकारीबीच सहज रियल टाइम फण्ड ट्रान्सफर सुविधा उपलब्ध छ। साथै सदस्यहरूलाई उपलब्ध QR कोडमार्फत बैंक वा डिजिटल वालेटबाट आफ्नै सहकारी खातामा सिधै रकम जम्मा गर्न सकिने व्यवस्था समेत रहेको छ।
यस एपमार्फत सरकारी भुक्तानी, बिजुली, खानेपानी, हवाई तथा बस टिकट, मोबाइल टपअप, टिभी तथा इन्टरनेट शुल्क भुक्तानी गर्न सकिन्छ। साथै ब्रोकर पेमेन्ट, बीमा शुल्क, कनेक्ट आईपीएस, वालेट लोड, एसएमएस बैंकिङ, एटीएम, मिस्डकल बैंकिङ, ट्याबलेट बैंकिङ, रेमिटेन्स तथा इन्टरनेट बैंकिङ सेवा समेत उपलब्ध छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार