नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
काठमाडौं : ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा “सहकारीमा युवा सहभागिता आजको आवश्यकता” विषयक सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थाका कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रमका स्रोत व्यक्ति रमण भट्टराईले सहभागी सदस्यहरूलाई सकारात्मक सोच विकास गर्ने सीपको अभ्यास गराउनुभयो। उहाँले सदस्यहरूको सकारात्मक योगदानबाट नै संस्थाले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने र सकारात्मक विचारले नै सकारात्मक निर्णय सम्भव हुने बताउनुभयो।

साथै, संस्थामा आबद्ध सबै पक्षलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो। अन्तरक्रिया कार्यक्रममा सहभागी सदस्यहरूले आ-आफ्ना राय तथा प्रतिक्रिया व्यक्त गरेका थिए। कार्यक्रममा अध्यक्ष सिटौलाले वर्तमान समयमा देशको समग्र व्यवस्थापन युवामुखी बन्दै गएको सन्दर्भमा सहकारी क्षेत्रमा पनि युवा सहभागिता वृद्धि गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले सहकारी दिवसको नारालाई सार्थक बनाउन युवाहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थाका महाप्रबन्धक हरि प्रसाद पाण्डेले संस्थाले सहकारी नियमन प्राधिकरणबाट इजाजत प्राप्त गरी कर्जा सूचना केन्द्रको सदस्यता लिएको जानकारी गराउनुभयो। साथै उहाँले बचत सम्बन्धी मापदण्ड, नियमित बचतको महत्व तथा नियमित बचत गर्ने सदस्यहरूले संस्थाबाट प्राप्त गर्न सक्ने सुविधा र फाइदाबारे जानकारी दिनुभयो।
सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न पश्चात संस्थाले कर्मचारी उत्प्रेरणा कार्यक्रम सञ्चालन गरी कर्मचारीहरूलाई कार्यभार व्यवस्थापन तथा प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक व्यवहारिक सीप प्रदान गरेको थियो। कार्यक्रम संस्थाका कर्मचारी नारायण बाबु कँडेलले सञ्चालन गर्नुभएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार