६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं : दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।
‘उद्यमशिलता र पाददर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ मनाईएको सहकारी दिवसको अवसरमा मिलिजुली कालिञ्चोक साकोस दोलखाले कार्यक्षेत्र भित्र पर्ने दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ हिलेपानीमा अवस्थित हिलेपानी संस्कृत माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
ग्रामिण भेगमा वित्तीय सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ संस्थाले उक्त गाउँपालीका भित्र दुइ वटा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई प्रविधि सहितको सेवा प्रवाह गर्दै आइरहेको छ। ग्रामिण भेगमा स्वास्थ्य चेतना जगाउन, कार्यक्षेत्र भित्र बसोवास गर्ने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरु को स्वास्थ्यको ख्याल गर्दै सहकारीको सातौ सिद्धान्त ‘समुदाय प्रति चासो’ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उक्त स्वास्थ्य शिविर राखीएको हो ।

उक्त स्वास्थ्य शिविर कार्यक्रम संस्थाको अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षता र कालिञ्चोक गाउँपालीका वडा नं. ४ का वडाअध्यक्ष दिपक खुलालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो। उक्त स्वास्थ्य शिविर कार्यक्रमको लागि प्राविधिक सहयोग पशुपति चौलागाई स्मृति अस्पताल चरीकोट बाट भएको थियो भने शिविर सञ्चालनको दिन हिलेपानी संस्कृत माध्यमिक बिद्यालय तथा कालिञ्चोक गाउँपालिका वडा नं. ४ को स्वास्थ्य चौकिबाट समेत सहयोग भएको थियो ।
उक्त स्वास्थ्य शिविरमा स्त्रिरोग, बालरोग, दन्त, सुगर र प्रेसर परिक्षण तथा बिशेषज्ञ सेवा प्रदान गरीएको थियो । शिविर बिहान ९ः३० बजेबाट सुरु गरी बेलुका ५ बजे सम्म सञ्चालन भएको थियो ।
उक्त शिविरमा स्त्रिरोग सम्बन्धी ३० जना, दन्त रोग सम्बन्धी २८ जना, बालरोग सुगर प्रेसर सहित अन्य रोग सम्बन्धी १२१ जना गरी जम्मा १७९ जनाले परिक्षण सेवा लिनु भएको थियो । उक्त परिक्षण सेवा लिने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई आवश्यकता बमोजिम औषधि वितरण गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार