बचत फिर्ता र ऋण असुलीबारे विचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ काठमाडौं
काठमाडौं : ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान” विषयक विचार गोष्ठी आयोजना हुने भएको छ।
जिल्ला सहकारी संघ लि. काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा चैत २० गते, शुक्रबार अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतलीमा सञ्चालन हुने कार्यक्रममा काठमाडौं महानगरपालिकाका का.वा. प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहनेछ ।
कार्यक्रममा सहकारी क्षेत्रका समस्या समाधानका व्यावहारिक उपायहरूबारे छलफल गरिने आयोजकले जनाएको छ।
कार्यक्रमबाट सहकारी संस्थाहरूमा देखिएका बचत फिर्ता तथा ऋण असुलीसम्बन्धी चुनौतीहरूको पहिचान गरी तिनका व्यावहारिक समाधानको खाका तयार गर्ने, संस्थागत सुशासन सुदृढ गर्ने, सदस्यहरूको विश्वास पुनःस्थापित गर्ने तथा सहकारी क्षेत्रलाई थप पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। साथै, नीति निर्माणमा सहयोग पुग्ने सुझाव संकलन गर्ने लक्ष्यसमेत राखिएको छ।
संघका अध्यक्ष सुमन केसीले सहकारी क्षेत्र अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताउँदै कार्यक्रमले समस्याको समाधानतर्फ ठोस दिशा दिने विश्वास व्यक्त गर्नुभयाे।
“सहकारीप्रति सदस्यहरूको भरोसा जोगाउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो। बचत फिर्ता, ऋण असुली र व्यवस्थापनका सवालमा देखिएका समस्याहरूलाई व्यवहारिक रूपमा समाधान गर्न यस विचार गोष्ठीले महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको बचत फिर्ता प्रक्रिया अघि बढ्यो, ऋण असुलीमा पनि सरकार सक्रिय
५ जेष्ठ २०८३, मंगलवार
रामशरणजी पनि अभियानको महत्वपूर्ण व्यक्ति हो । उहाँले जिद्दी नगर्या भए हुन्थ्यो: बडाल
४ जेष्ठ २०८३, सोमबार
हेलो सरकारमा गुनासोपछि सहकारीमा दुई दिने बिदा अनिवार्य
१ जेष्ठ २०८३, शुक्रबार