शंखधर साकोसमा अत्याधुनिक ‘ब्यालेन्स सीबीएस’ सञ्चालनमा, प्रविधिमैत्री सेवातर्फ अग्रसर
काठमाडौं : भक्तपुरको मध्यपुर थिमी स्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अत्याधुनिक प्रविधिको सहकारी सफ्टवेयर Balance CBS (ब्यालेन्स कोर बैंकिङ सिस्टम) सञ्चालनमा ल्याएको छ।
संस्थाले Infobrain Technologies Pvt. Ltd. को प्राविधिक सहयोग तथा सहकार्यमा Balance CBS लागू गरेको जनाएको छ। यससँगै सहकारी पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा रूपान्तरण हुने दिशामा अघि बढेको छ।
नयाँ प्रणालीअन्तर्गत वेब-आधारित कोर बैंकिङ प्रणाली, क्लाउड समाधान, ऋण व्यवस्थापन प्रणाली, ई–टेलर, सदस्य बायोमेट्रिक, व्यवस्थापन एप, मोबाइल बैंकिङ (क्यूआर भुक्तानी, बैंक ट्रान्सफर, मोबाइल रेमिट प्राप्ति तथा भुक्तानी), एसएमएस तथा इमेल सूचना सेवा र कलेक्टर एप जस्ता सेवाहरू एकीकृत रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ।
विशेषगरी ऋण व्यवस्थापन प्रणालीमार्फत ऋणसम्बन्धी कागजातहरू स्वचालित रूपमा तयार हुने, क्लाउडमा सुरक्षित रूपमा भण्डारण गर्न सकिने तथा ऋण अनुगमन प्रक्रिया सहज हुने जनाइएको छ।
यस प्रविधिको कार्यान्वयनले सेवाग्राहीलाई छिटो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ। साथै, यसले सहकारीलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
संस्थाले सफल कार्यान्वयनमा सहयोग पुर्याउने सम्पूर्ण प्राविधिक टिमप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
Balance CBS हाल २०० भन्दा बढी सहकारी संस्थाहरूले प्रयोग गरिरहेको प्रमाणित प्रणाली हो। यो प्रणाली ISO 9001 (Quality Management) र ISO/IEC 27001 (Information Security Management) प्रमाणित भएकाले यसको गुणस्तर, सुरक्षा र विश्वसनीयता उच्च स्तरको रहेको कम्पनीको भनाई छ।
Balance CBS अन्तर्गत Core Banking System, Cloud Solution, Mobile Banking, QR Payment, Collector App र Management App जस्ता सेवाहरू एकीकृत रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ, जसले सहकारीलाई पूर्ण डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ।
विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न Balance CBS अझ सशक्त बनेको छ। सहकारी विभागको COPOMIS मा पठाउनुपर्ने विवरणहरू, वा AMLCFT सम्बन्धी TTR रिपोर्टहरू, Balance CBS ले तोकिएको फारम्याटमा सहजै उपलब्ध गराउँछ। सबै कर्जा (Loan) तथा धितो (Collateral) विवरणहरू सफ्टवेयरमा व्यवस्थित गर्न सकिन्छ, र ती विवरणहरूलाई डिजिटल रूपमा सुरक्षित राख्ने सुविधा पनि उपलब्ध छ।
बचत र ऋण मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि अनिवार्य कर्जा सूचना केन्द्र (Credit Information Center) रिपोर्टिङ पनि Balance CBS मार्फत सिधै सम्पन्न गर्न सकिन्छ।
आगामी दिनहरूमा पनि हामी नवीनतम डिजिटल समाधानहरू मार्फत सेवा विस्तार गर्दै सम्पूर्ण सहकारी क्षेत्रलाई अझ सशक्त, प्रविधिमैत्री र प्रगतिशील बनाउने कम्पनीको प्रतिवद्धता छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार