सहकारी क्षेत्रका समसामयिक विषयमा महासंघ र मन्त्रालय बीच छलफल
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघबीच सहकारी क्षेत्रका समसामयिक विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
मन्त्रालयका सचिव मदन भुजेलसहितको टोली र महासंघका पदाधिकारीबीच भएको उक्त छलफलमा सहकारी क्षेत्रको प्रवर्द्धन, व्यवस्थापन तथा हाल देखिएका समस्या समाधानका विषयमा गहन विमर्श गरिएको थियो।
छलफलका क्रममा सचिव भुजेलले सहकारी क्षेत्रको विकास र समस्या समाधानका लागि सरोकारवालासँगको समन्वय र संवादलाई थप सुदृढ गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन मन्त्रालयले आवश्यक नीतिगत तथा कार्यान्वयन पक्षमा पहल गर्ने बताउनुभयो।

त्यसैगरी, महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी क्षेत्रमा देखिएका वर्तमान चुनौती, तिनका समाधानका उपाय तथा सम्भावित अवसरबारे विस्तृत धारणा राख्नुभयो। उहाँले सहकारी क्षेत्र सुदृढ बनाउन नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
छलफलमा मन्त्रालयका सहसचिव गोविन्द्र प्रसाद रिजाल, उपसचिव रधुनाथ महत, सहकारी विभागका उपरजिस्ट्रार शशि लम्साल, महासंघका उपाध्यक्षहरू खेम पाठक र डिवी बस्नेत लगायतको उपस्थिति रहेको थियो। साथै, महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले महासंघको वर्तमान अवस्था, गतिविधि तथा भावी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
उक्त छलफलले सहकारी क्षेत्रको विकास, सुधार तथा समस्या समाधानका लागि सरकार र महासंघबीच सहकार्यलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको बचत फिर्ता प्रक्रिया अघि बढ्यो, ऋण असुलीमा पनि सरकार सक्रिय
५ जेष्ठ २०८३, मंगलवार
रामशरणजी पनि अभियानको महत्वपूर्ण व्यक्ति हो । उहाँले जिद्दी नगर्या भए हुन्थ्यो: बडाल
४ जेष्ठ २०८३, सोमबार
हेलो सरकारमा गुनासोपछि सहकारीमा दुई दिने बिदा अनिवार्य
१ जेष्ठ २०८३, शुक्रबार