चैत्र १७ गतेदेखि दर्ता अभिलेखीकरण प्रकृया बन्द गर्दै सहकारी प्राधिकरण
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखीकरण प्रकृया १७ गतेदेखि बन्द गर्ने भएको छ।
मंसिर १० गतेदेखि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण प्रारम्भ गरेको प्राधिकरणले १७ गतेदेखि बन्द गर्ने भएको हो ।
प्राधिकरणले सूचना जारी गर्दै तोकिएको समयावधि भित्र सम्पूर्ण विवरणहरु प्रविष्ट गरेका सहकारी संस्थाहरुको मात्र विवरण रुजु गरी इजाजत पत्र प्रदान गर्ने जनाएको छ।
सूचनामा भनिएको छ, ‘ बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ३ (४) को व्यवस्था बमोजिम थप गरिएको समयावधि २०८२ चैत्र १७ गते सम्म रहेको विविदै छ। यस अवधि भित्रमा सम्बद्ध सबै सहकारी संस्थाहरुले अभिलेखीकरणका लागि तोकिए बमोजिम लाग्ने दस्तुर भुक्तानी गरेको बैंक भौचर र तोकिएको विवरण समेत प्रविष्ट गरी सक्नु पर्नेछ। कुनै संस्थाले तोकिएको अवधी भित्र दस्तुर भुक्तानी गरीसके पनि कुनै कारणवश पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेमा मिति २०८३/०१/१७ गते सम्म पूर्ण विवरण प्रविष्ट गर्न सक्नेछ । तोकिएको समयावधि भित्र सम्पूर्ण विवरणहरु प्रविष्ट गरेका सहकारी संस्थाहरुको मात्र विवरण रुजु गरी इजाजत पत्र प्रदान गरिने छ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार