८ वैशाख २०८३, मङ्गलबार

चाईना ट्रेड र आकाश डिजिटलबीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली सफ्टवेर सञ्चालन सम्झौता

२०८२ चैत ८, आईतवार
चाईना ट्रेड र आकाश डिजिटलबीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली सफ्टवेर सञ्चालन सम्झौता

काठमाडौं : आकाश डिजिटल प्रा.लि. र चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) सफ्टवेयर सञ्चालन गर्ने सम्झौता भएको छ।

काठमाडौँको न्युरोड, खिचापोखरी स्थित चाईना ट्रेड बहुउद्देश्यीय सहकारीले आफ्नो सेवा तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित तथा प्रविधिमैत्री बनाउन DMS कार्यान्वयन गर्ने गरी सम्झौता गरेको हो।

एक कार्यक्रमको बीच चाईना ट्रेड सहकारीको तर्फबाट अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र आकाश डिजिटलको तर्फबाट अध्यक्ष सुजन बाबु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आकाश डिजिटलका सीईओ टंक अधिकारी र जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष हेमबहादुर कार्कीको समेत उपस्थिती थियो।

आकाश डिजिटल प्रा. लि. सहकारी, माइक्रोफाइनान्स तथा वित्तीय क्षेत्रका लागि डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली  (DMS) को विकास र सञ्चालनमा नेपालकै अग्रणी आईटी कम्पनी हो। आकाश डिजिटलले सहकारी संस्था सञ्चालनको क्रममा आवश्यक गैर वित्तीय गतिविधि तथा कारोबारमा प्रयुक्त सबै कागजातहरुको डिजिटल व्यवस्थापनमा काम गर्दै आएको छ।

देशभरका सयौं सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै, डिजिटल रूपान्तरणमा आकाश डिजिटलले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

अभिलेख

लोकप्रिय