नेतृत्व सुदृढीकरणका लागि बुडोल सामुदायिक साकोसको ‘लिडरशिप बुटक्याम्प’
काठमाडौं : बनेपा न.पा.-६, काभ्रे स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले ‘लिडरशिप बुटक्याम्प पुनर्ताजगी कार्यक्रम’ सम्पन्न गरेको छ। चैत्र ६ र ७ गते आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
संसथाको नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै नेतृत्वलाई रुपान्तरण गर्ने लक्ष्य अनुरुप लिडरशिप बुटक्याम्प आयोजना गरिएको संस्थाले जनाएको छ। संस्थाले यस अघि २०८१ पुस १८ देखि २० गतेसम्म सञ्चालन गरिएको लिडरशिप बुटक्याम्प कार्यक्रमको निरन्तरतास्वरूप पुनर्ताजगी कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम प्रख्यात नेतृत्व विशेषज्ञ तथा लेखक John C. Maxwell को Leader Shift पुस्तकका ११ वटा अध्यायमा आधारित रही सञ्चालन गरिएको थियो। तालिम नेफ्स्कूनका प्राचार्य बल्लव तिमल्सिना तथा वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेको सहजीकरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरू गरी कुल ३९ जनाको सहभागिता थियो ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कैलाश के.सी.ले तालिम अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै यसले संस्थाको नेतृत्वमा रहेका व्यक्तिहरूको सोचलाई अझ परिष्कृत बनाउँदै प्रभावकारी नेतृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
“लिडरशिप बुटक्याम्प पुनर्ताजगी” कार्यक्रमले संस्थाका नेतृत्व तहका व्यक्तिहरूलाई नवीनतम नेतृत्व सिद्धान्त र व्यवहारिक सीपमा दक्ष बनाउने उद्देश्य राख्दछ। यसले मात्र नेतृत्वको जिम्मेवारी पूरा गर्नु होइन, प्रभावकारी निर्णय क्षमता, टीम निर्माण, परिवर्तन व्यवस्थापन र रणनीतिक सोच विकासमा पनि जोड दिन्छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार