चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट नवपरासीले बृहत् प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
संस्थाले सदस्यहरूको घरदैलोमा पुगेर प्रविधि साक्षरता अभिवृद्धि गर्ने, गुणस्तरीय सेवा विस्तार गर्ने तथा सदस्यलाई थप प्रविधिमैत्री र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। उक्त सर्वेक्षण कार्यक्रम चैत ५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ।

सर्वेक्षण कार्यका लागि संस्थाले ८१ जना प्रशिक्षार्थी नियुक्त गरेको छ। बिहीबार आयोजित कार्यक्रममा फिल्डमा खटिने प्रशिक्षार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा संस्थागत प्रस्तुती, प्रविधि प्रयोगसम्बन्धी जानकारी तथा सर्वेक्षणको डेमो प्रस्तुति गरिएको थियो। साथै सर्वेक्षणमा प्रशिक्षार्थीको काम, कर्तव्य, जिम्मेवारी, भूमिका तथा सदस्यसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार