अन्तर्राष्ट्रिय महिला दिवस: उद्यमशील सदस्यलाई सगुन साकोसको सम्मान
काठमाडौं : हरिवन-१, सर्लाही स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘अन्तरक्रिया तथा उद्यमी सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको महिला उपसमितिको संयोजक तथा संस्थाकी सञ्चालक बाला कुमारी खड्का थापाको अध्यक्षतामा एवं संस्थाका अध्यक्ष केशव प्रसाद ढकालसहित पदाधिकारी, सञ्चालक, लेखा सुपरिवेक्षण समिति, महिला उपसमिति तथा संस्थाका विभिन्न समिति–उपसमितिका महिला सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
उक्त अवसरमा श्रम तथा विभिन्न पेशामा सक्रिय भई उद्यमशीलताको उदाहरण प्रस्तुत गर्ने तीन जना महिला सदस्यलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा हरिवन-८ की इलेक्ट्रोनिक व्यवसायी प्रमिला खड्का, मलंगवा-८ की होटल व्यवसायी रोहेणी कुमारी रघुवंशी र बागमती-२ की कृषि व्यवसायी एलिजा थापा रहेका छन्।
कार्यक्रममा महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा समाजमा महिलाको योगदानबारे अन्तरक्रिया समेत गरिएको थियो।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार